दैलेखमै प्रशोधन केन्द्र बनाउन प्रधानमन्त्रीलाई मागपत्र

दैलेख : दैलेखमा अन्वेषणको अन्तिम तयारीमा रहेको पेट्रोलियम अन्वेषण कार्यको सकारात्मक नतिजा प्राप्त भएपछि दैलेखमै प्रशोधन केन्द्र बनाउनमागगर्दै नेपाल सरकारका प्रधानमन्त्री केपीशर्मा ओलीलाई प्रतिनिधि सभा सदस्य दीपा शर्मा लगायतले मागपत्र पेस गरेका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीको चीन भ्रमणको दिन नजिकिँदै गर्दा दैलेखमै प्रशोधन केन्द्र बनाउनुपर्ने, अन्य दुई वटा स्थानमा भएका भण्डारणको अन्वेषण र प्रशोधन लगायतका कामहरू पनिचीन सरकारलाई जिम्मेवारी दिनुपर्ने लगायतका मागहरू रहेका छन् ।

अन्वेषणको नतिजा सकारात्मक आएको खण्डमा दैलेख–सुर्खेत सुरुङ्गमार्ग निर्माण गर्नुपर्ने, दैलेखका अन्य विभिन्न स्थानहरूमा रहेका खानीहरूको उत्खन न कार्यलाई सरकारले पहलगर्नुपर्ने, भारतको रुपडियाँ नाकाहुँदै सुर्खेत–दैलेख सदरमुकाम, महाबु, जुम्ला, हुम्ला, मुगु, डोल्पा, हुँदै चीनको नाम्चेनाग्लासम्मजोडिने त्रिदेशीय सडक खण्डको दैलेख लगायतका विभिन्न खण्डमा बजेट अभावले सडक निर्माणमा कठिनाई उत्पन्न भएकाले आवश्यक बजेट सहितकाम रोकिएका स्थानहरूमा तत्काल कामको थालनी गर्नुपर्ने, कर्णाली प्रदेश अथाह जडीबुटीको भण्डारण भएकाले जडीबुटीको उत्पादन र व्यवसायी करणका लागि ठुला प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने, कर्णाली प्रदेशमा निकै धेरै सम्भावना भएको विद्युत उत्पादन कार्य अन्तर्गत ९ सय मेगावाट विद्युत उत्पादनको सम्भावना बोकेको माथिल्लो कर्णाली जलविद्युत आयोजना तत्कालै निष्कर्षमा पु¥याउनका लागि विशेष पहल थालनी गर्नुपर्ने लगायतका मागपत्रहरु प्रधानमन्त्री केपीओलीलाई बुझाइएको छ ।

धमाका दैनिकका सम्पादक विष्णु शर्मा, बाँकेका सर्वदलीय राजनीतिकदलहरु,प्रतिनिधि सभाका सदस्य दीपा शर्मा लगायतको उपस्थितिमा मागपत्र पेस गरिएको हो । नेपालगन्जमा सुरु गर्न थालिएको औद्योगिक क्षेत्र विकासको कामलाई प्रभावकारी बनाउन नेपालगन्जका सबै राजनीतिकदलहरूको सर्वदलीय संयन्त्रले समेत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । भेटपछि प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो स्थानको विकास र समृद्धिका लागि स्थानीय राजनीतिकदल, नागरिक समाज, निर्वाचित जनप्रतिनिधिहरूले साझाधारणा निर्माण गर्न सके विकास सम्भव हुने प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार